शुक्रबार, १९ मंसिर २०८२

भारतकाे उत्तर प्रदेशमा ट्रकसँग बस ठाेक्किँदा तीन जनाकाे मृत्यु, २४ जना घाइते


बलरामपुर ।  भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा ट्रकसँग ठोक्किएर बसमा आगलागी हुँदा ३ जनाकाे जिउँदै जलेर मृत्यु भएकाे छ । साेही दुर्घटनामा २४ जना घाइते भएका छन्। तीमध्ये ६ जनाको अवस्था गम्भीर छ।

भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार बस नेपाल सीमा सुनौली (रुपन्देही) बाट दिल्ली जाँदै थियो। मृतकहरूको अझै पहिचान हुन सकेको छैन। बसमा ४५ जना यात्रु थिए, जसमध्ये धेरैजसो नेपालका थिए। चालक र कन्डक्टरको अवस्था अज्ञात छ। 

ट्रकसँग ठोक्किएकाे बस १०० मिटर परको हाई-टेन्सन बिजुलीको पोलमा ठोकिएको थियो। त्यसपछि पोल भाँचिएर बसमा खस्यो र भीषण आगलागी भयो।

बसमा आगलागी भएपछि यात्रुहरूको भागभाग भएको थियो। कतिपय यात्रुले सिसा फुटाउँदै बाहिर हाम फालेर ज्यान जोगाएको बताइएको छ। 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ