शुक्रबार, १९ मंसिर २०८२

२३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले भदौ २३ गते भएको आन्दोलनको क्रममा २३ जना विद्यार्थी हत्या घटनाको नैतिक जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएकी छिन् ।

कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘फायरसाइड’ कार्यक्रममा बोल्दै उनले तत्कालिन घटनाको जिम्मेवारी तत्कालीन सरकार प्रमुखले लिनु पर्ने बताए ।

२३ गते र २४ गतेको घटनालाई एउटै भनेर ब्याख्या गर्न नहुने उनको भनाई थियो । २३ गते विद्यार्थीहरुले सुुसाशनको माग राख्दै आन्दोलन गरेको धारणा राख्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन् ‘२४ गतेको विध्वंस नेपालका लागि पहिलो घटना हो । उक्त घटना नियोजित पनि हुनसक्छ ।’ २४ गते नेकपा एमाले, नेपाली कांग्रेसलगायतका नेताहरुको घर र प्रहरीप्रति बढी आक्रमण भएको भन्दै उनले यस विषयमा गहिरो अनुसन्धान हुनुपर्ने धारणा राखिन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ