सोमबार, ११ फागुन २०८२

निर्वाचनका लागि तीन दिन सार्वजनिक विदा


काठमाडौं । निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदाका लागि सरकारसमक्ष सिफारिस गरेको छ ।

आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सरकारले आयोगको सिफारिस स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन् । अघिल्ला निर्वाचनमा सरकारले मतदानको दिन मात्रै सार्वजनिक बिदा दिने गरेको थियो ।

यसपटक निर्वाचनमा सबै जनताको उत्साहजनक सहभागिता वृद्धि होस् भन्ने उद्देश्यका साथ तीन दिन बिदा सिफारिस गरिएको भट्टराईले बताए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ