- असार ०६, २०८०
काठमाडौँ । लुटपाटमा संलग्न व्यक्तिलाई प्रहरीले गाेली हानेर नियन्त्रणमा लिएकाे छ ।
कोटेश्वरस्थित जडिबुटी पुलमुनि लुटेरा फेला परेपछि प्रहरीले नियन्त्रणको प्रयास गरेको थियो ।
प्रहरीमाथि नै लुटेराहरुले खुकुरी प्रहार गरेपछि गोली चलाएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेले बताए ।
प्रहरीले लुटपाटमा संलग्न तीनजनालाई नियन्त्रणमा लिएको घिमिरेले बताए ।
घाइते प्रहरी र लुटेरालाई उपचारका लागि अस्पतालमा लगिएको छ । उनीहरूको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको घिमिरेले बताए ।
टिप्पणीहरू: