- असार ०६, २०८०
काठमाडौं । संसदको माथिल्लो सदन राष्ट्रिय सभामा कांग्रेस,कम्युनिस्ट र मधेश केन्द्रित दलले पदाधिकारी भागबण्डा गरेका छन् ।
दलहरुको सहमति अनुसार उपाध्यक्ष नेकपा एमालेकी नेतृ लिला भण्डारीलाई बनाउने सहमति भएकाे छ । त्यस्तै कांग्रेसले विधायन व्यवस्थापन समिति र विकास आर्थिक मामिला समितिको सभापति पाएको छ ।
नेकपालाई संघीयता सबलीकरण समिति र जसपालाई सार्वजनीतिक नीति तथा प्रत्यायोजन विधायन समितिको सभापति दिने सहमति भएकाे छ ।
उपाध्यक्षको मनोनयन आजै हुँदैछ भने सभापतिहरुको मनोयन सोमवार हुने भएकाे छ । राष्टि्य सभाकाे अध्यक्षमा नेकपामा नारायण दाहाल छन् ।
टिप्पणीहरू: