- असार ०६, २०८०
काठमाडौं । नेकपा एमाले बैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा भृकुटी मण्डपमा आयोजना गर्ने जनताले जितेको दिन युवा सेलिब्रेसन कार्यक्रमको तयारीमा राष्ट्रिय युवा संघ नेपाल युद्धस्तरमा जुटेको छ ।
कार्यक्रमको तयारी करिब अन्तिम चरणमा पुगेको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए। उनले लोकतन्त्र दिवसलाई युवा महोत्सवको रूपमा मनाउन लागिएको र सोही अनुसारको तयारी भइरहेको बताए । ‘यो कार्यक्रममा देश भरीका युवा सहभागी हुनुहुने छ, उपत्यका र वाग्मती प्रदेशबाट युवाको विशेष उपस्थिति हुने छ, हामीले एक लाख युवा उपस्थित गराउने योजना बनाएका छौँ’, थेबेले भने।
कार्यक्रम स्थल पुरै युवामय र युवामैत्री हुने उहाँले बताउनुभयो । कार्यक्रमबाट फर्कँदा युवाले एउटा नयाँ सन्देश लिएर फर्कने थेबेको दाबी छ ।
टिप्पणीहरू: