- असार ०६, २०८०
काठमाडौं । एमाले सचिवालय सदस्य अष्टलक्ष्मी शाक्यले राजीनामा पूर्वशिक्षामन्त्री विद्या भट्टराईको नैतिक धरातल उचो बनाएको टिप्पणी गरेकी छिन् ।
भ्ट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गर्दै उनले लेखेकी छिन्, ‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्यो ? विद्या भट्टराई सक्षम इमान्दार नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ? उहाँलाई सहयोग किन भएन ?’
उनले अगाडि भनेकी छिन्, ‘कमरेड विद्याको राजीनामाले उहाँको नैतिक धरातल कमजोर होइन, अझ उच्च बनाएको छ । कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस् ।’
भट्टराईले बुधबार पदबाट राजीनामा दिएकी थिइन् ।
टिप्पणीहरू: