सोमबार, ०८ पुस २०८१

धिताेपत्र बाेर्डकाे अध्यक्षकाे अन्तरर्वार्ता सुरु, एक जना अनुपस्थित


काठमाडौं, ९ मंसिर । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आवेदन दिएर ‘सर्टलिस्ट’मा परेकाहरूको अन्तर्वार्ता सुरू भएको छ ।

अध्यक्ष सिफारिस समितिले ‘सर्टलिस्ट’मा परेका तीनजनालाई आज (आइतबार) पुनः अन्तर्वार्ता र प्रस्तुतीकरणका निम्ति बोलाएको थियो ।

आजको अन्तर्वार्तामा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकारी कृष्णबहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी उपस्थित छन् । नेपाल बिमा प्राधिकरण (तत्कालीन बिमा समिति)का अध्यक्ष चिरञ्जीवी चापागाईं भने अन्तर्वार्तामा आएका छैनन् ।

 धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ ।



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ