- असार ०६, २०८०
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेलले प्यानलै बनाएर प्रतिष्पर्धा गर्ने भएका छन् ।
ओली समुहकाे उपाध्यक्षका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले सहमतिकाे प्रयाश सकिएकाले लाेकतान्त्रिक प्रकृया अनुरुप निर्वाचन हुने जानकारी दिए ।
ओली र पोख्रेल दुवै पक्षले पदाधिकारी उम्मेदवारकाे लगभग टुंगाे लगाएका छन् ।
ओलीको प्यानलमा शंकर पोखरेल महासचिवमा उठ्ने भएका छन् भने उपाध्यक्षहरुमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ रहेका छन् ।
यसैगरी उपमहासचिवमा विष्णु रिमाल, लेखराज भट्ट र रघुबिर महासेठको नाम फाइनल भएको छ ।
शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र भानुभक्त ढकालको नाम सचिवका लागि फाइनल भएकाे ओली निकट स्राेतले जनाएकाे छ ।
ईश्वर पोख्रेलकाे प्यानलमा महासचिवमा सुरेन्द्र पाण्डेको नाम रहेकाे छ भने गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उपाध्यक्षकाे उम्मेदवार बन्ने भएका छन् ।
उपमहासचिवमा योगेश भट्टराई बैजनाथ चौधरी रहेका छन् । अन्य नामका विषयमा छलफल भइरहेकाे स्राेतकाे भनाई छ ।
सचिवमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल, गाेकुल बास्काेटालगायतको नाम फाइनल भएकाे छ ।
उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने छ । निर्वाचन समितिले जनाएकाे छ ।
टिप्पणीहरू: