शुक्रबार, १६ माघ २०८२

यी हुन् ओली समूहका १९ पदाधिकारी उम्मेदवार


काठमाडाैँ। नेकपा एमालेको ११औँ महाधिवेशनका लागि केपी शर्मा ओली समूहले पदाधिकारीको नाम टुंगो लगाएको छ।

जसमा अध्यक्ष पदका लागि ओली आफैं उम्मेदवार छन्। यसैगरी उपाध्यक्षहरुमा रामबहादुर थापा बादल, विष्णु पौडेल, गुरु बराल,  प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागेको छ।

शंकर पोखरेल महासचिव पदमै दोहोरिने भएका छन् भने उपमहासचिवमा विष्णु रिमाल, रघुबिर महासेठ र भानुभक्त ढकाल उम्मेदवार बन्ने भएका छन्।

९ सचिवमा लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्माकुमारी अर्याल, खगराज अधिकारी, यामलाल कंडेल, डा. राजन भट्टराई, हिक्मतकुमार कार्की, शेरधन राई र महेश बस्नेतकाे नाम नाम टुंगो लागेको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ