- असार ०६, २०८०
काठमाडाैँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले अहिले सरकार परिवर्तन नहुने बताएकी छन् ।
थाइल्याण्डको बैंककबाट आज स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्ताे बताएकी हुन् ।
उनले सरकार परिवर्तनबारे आएका समाचार हेरेर आफूहरू छक्क परेको बताउँदै यसबारे प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच फोनमा कुराकानीसमेत भएको बताइन् ।
‘सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्नुपर्ने होला, विदेशमा गएर त यहाँकाे सरकार परिवर्तन हुँदैन । हामी पनि आफैँ छक्क पर्यौँ । हिजाे याे न्यूजहरू हामीले हेर्दाखेरि । बेलुका चाहिँ सभापतिज्यू र प्रधानमन्त्रीज्यूकाे फोनमा याेबारेमा कुराकानी भएको छ । यस्ताे केही पनि छैन’, उनले भनिन् ।
टिप्पणीहरू: