मङ्गलबार, १२ साउन २०८३

देवानगञ्जको स्थिति सामान्य हुँदै


विराटनगर । सुनसरी देवानगञ्जको घटनापछि  त्यसक्षेत्रको स्थिति सामान्य रहेको  जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
 
 स्थानीय दुई समूहबीच भएको झडपलाई नियन्त्रण गर्ने क्रममा गोली लागेर हिजो सामबार एक जनाको उपचारको क्रममा निधन भएको थियो । 

उक्त  घटनामा सुरक्षा फौजका १५ जना र स्थानीय ११ जना घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिए । देवानगञ्ज, हरिनगरा, कप्तानगञ्ज, लौकही, इनरुवाजस्ता क्षेत्रमा तोडफोड र आगजनीका घटना भएपछि त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।
 
हाल घटनास्थल क्षेत्रको स्थिति नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं नायब उपरीक्षक चन्द्र खड्काले जानकारी दिए ।

जिल्लास्थित पूर्वपश्चिम राजमार्ग र दक्षिणतर्फका केही बजार भने बन्द रहेको उनले बताए । जिल्ला प्रसाशन कार्यालय सुनसरीले घटनालाई साम्य पार्न तथा शान्ति सुरक्षा सुव्यवस्था कायम राख्न सबैलाई आग्रह गरेको छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ