- असार ०६, २०८०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टी छाडेका सचिवालय सदस्य सन्तोष परियारलाई आगामी यात्राको लागि शुभकामना दिएका छन्।
परियारले पार्टी छाडेको औपचारिक जानकारी दिँदै प्रवक्ता झाले आगामी यात्राको लागि उनलाई शुभकामना दिएका हुन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य तथा पूर्वसांसद साथै विघटित प्रतिनिधिसभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका सन्तोष परियारज्यूले कार्यवाहक सभापति तथा महामन्त्री ज्यूलाई पत्र बुझाएर पार्टी छोड्नुभएको जानकारी गराउनुभएको छ’, उनले भनेका छन्, ‘राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा वहाँले जानकारी गराउनुभयो। आगामी यात्राको लागि वहाँलाई शुभकामना।’
विघटित प्रतिनिधिसभाको रास्वपाका तर्फबाट प्रमुख सचेतकको जिम्मेवारीमा समेत रहेका परियारले शुक्रबार कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई राजीनामा पत्र बुझाएका हुन्।
‘बदलिंदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडिमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसम्म नरहने निवेदन गर्दछु’, उनले राजीनामा पत्रमा भनेका छन्।
यसअघि रास्वपाकातर्फबाट शिक्षामन्त्री बनेकी सुमना श्रेष्ठले पनि पार्टी परित्याग गरेकी थिइन्।
टिप्पणीहरू: