बिहिबार, १८ वैशाख २०८२

तोलामा १४ सयले घट्यो सुनको मूल्य, चाँदी कति ?


काठमाडौँ । आज सुनको मूल्य तोलामा रु एक हजार ४०० ले गिरावट देखिएको छ ।

आइतबार प्रतितोला रु एक लाख ८९ हजार ७०० मा कारोबार भएको सुन आज रु एक लाख ८८ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० घटेर रु एक हजार ९७० कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस रु तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ