- असार ०६, २०८०
काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जनआन्दोलन घोषणा सभापछि पहिलोपटक सबै राष्ट्रवादी शक्तिहरू एकै ठाउँमा उभिएको सन्देश गएको बताएका छन् ।
आइतबार संयुक्त जनआन्दोलन समितिमा आवद्ध राजनीतिक दल, संघसंस्था तथा अभियन्ताहरूको संयुक्त बैठकपछि सुवेदीले वातावरण अत्यन्त अनुकूल भएको टिप्पणी गरे । ‘अब सबै मिलेर आन्दोलन सफल बनाउनु पर्दछ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनस्र्थापना हुने संभावना बलियो भएको छ ।’ उनले भने ।
वैठकलाई सम्बोधन गर्दै समितिका संयोजक सुवेदीले भने ‘चैत्र ४ गते गठन गरिएको संयुक्त जनआन्दोलन समितिमा आज उपस्थित सबै दल, संघसंस्था र अभियन्ताहरू समावेश गरिएको छ ।’ नेवार समुदाय, आदिवासी जनजाति तथा तराइ मधेसबाट केही व्यक्तिहरू समितिमा थप गरिने जानकारी दिँदै जेठ १५ देखि निर्णायक आन्दोलनको घोषणा गरिसकेको र सो आन्दोलन सफल पार्ने पुर्वतयारी स्वरुप कार्यक्रमहरू तय गरिएको बताएका छन् ।
वैठकले मोर्चामा रहेका दल, संघसंस्था र अभियानहरूको काठमाडौं उपत्यकाव्यापी प्रदेश, जिल्ला, क्षेत्रिय अध्यक्ष र पालिका अध्यक्षहरू तथा वर्गीय संगठनका केन्द्रीय पदाधिकारीहरूको संयुक्त बैठक बैशाख २८ गते दिनको २ बजे राप्रपा केन्द्रीय कार्यालयमा गर्ने निर्णय गरेको छ ।
टिप्पणीहरू: