- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको पुरानै नेतृत्वले अहिलेको परिस्थितिलाई सम्हाल्न नसक्ने बताएका छन् ।
महाधिवेशनस्थल भृकुटीमण्डपमा कुरा गर्दै उनले नेतृत्वप्रति धेरै प्रश्न उठेकाले पार्टी पुनर्गठन गरेर नेतृत्व हस्तान्तरण गरेर नयाँ टीमका साथ अगाडि बढ्नुपर्ने बताए ।
आफूहरूले प्यानल बनाएर उम्मेदवारी नदिने उनकाे भनाई छ। उनले आफ्नाे पक्षका सबैले व्यक्तिगत रूपमा उम्मेदवारी दिने बताए ।
पार्टी सचिवालयको निर्णयविपरीत विधान संशोधन दुभाग्यपूर्ण रहेको टिप्पणी गर्दै विधान संशोधन औचित्यपूर्ण नभए पनि हलले स्वीकारेपछि आफूहरू निर्वाचन प्रक्रियामा जान तयार भएको भट्टराईको भनाइ छ ।
टिप्पणीहरू: