- असार ०६, २०८०
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीको नाम कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेका छन् ।
दल दर्ताका लागि निर्वाचन आयाेग पुगेका विप्लवले उक्त नाम पार्टीबाट अनुमाेदन गराएपछि निर्वाचन आयाेगमा पठाएका थिए ।
अहिले सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरुले निर्वाचन आयोगमै छन् ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घाेषणा भएकाे र त्यसका लागि दल दर्ताको प्रमाणपत्र कार्तिक ३० गतेसम्म लिनु पर्ने भएकाले विप्लवले दल दर्ताको निवेदन दिएका हुन् ।
पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आगामी चुनावमा भाग लिने गरी दल दर्ताको निवेदन दिइएको बताए ।
निर्वाचन आयोगमा यसअघि नै १२४ वटा दल दर्ता छन् । विप्लव सहित १७ वटा दलले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।
टिप्पणीहरू: