शनिबार, २४ जेठ २०८२

गृहमन्त्रीले सञ्चारकर्मीसंग आग्रह गर्दै भने - तपाइहरुबाट मैले न्यायकाे अपेक्षा गरेकाे छु


काठमाडाैं ।  भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गरेर पत्रकारहरुले आफुलाई न्याय दिनु पर्ने धारणा राखेका छन् ।

साेही कार्यक्रममा उनले  कुनै कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले जवाफ दिनु उचित नभएकाे धारणा राखे ।

कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले नै जिम्मा लिनुपर्नेगरी विषयबस्तुलाई प्रस्तुत गरिएको भन्दै उनले चित्त दुखेकाे कुरा गरे । ‘मानौँ कुनै कर्मचारीमाथि पहिलोपटक प्रश्न उठेको छ, त्यसको जिम्मा मन्त्रीले लिनुपर्छ भन्नेगरी प्रस्तुत गरिएको छ।’ उनले भने ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ