शुक्रबार, २६ वैशाख २०८२

सरकारले भन्याे- पाकिस्तानमा रहेका विद्यार्थीहरूकाे सुरक्षा गर्नेतर्फ पूर्णरुपमा सचेत छाैँ


काठमाडाैँ । सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपालीहरूकाे सुरक्षा गर्नेतर्फ पूर्णरुपमा सचेत रहेकाे बताएकाे छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दैै यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको बताएकाे हाे ।

‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ। यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ’, विज्ञप्तिमा भनिएकाे छ । 

साथै मन्त्रालयले यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरुका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको नम्बरमा सम्पर्क गर्नसक्ने जनाएकाे छ । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ