शुक्रबार, ०१ साउन २०८३

सरकार जनतालाई त्रासमा राखेर तानाशाही शैलीमा अघि बढ्याे : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेकाे सरकारले जनतालाई त्रासमा राखेर तानाशाही शैलीमा अघि बढेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टीको वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

जेनजी अभियन्ता माजिद अन्सारीमाथि कीर्तिपुरमा भएको प्रहरी आक्रमणकाे घटनालाई अत्यारको पराकाष्ट भएको टिप्पणी गरे ।

‘एकजना अभियन्ता कुनै ठाउँको अवलोकन गर्न गए, त्यहाँ अवलोकन गर्न गए बापत प्रहरी अत्याचारको पराकाष्ट भएको छ । लछारपछार गर्ने प्रकारका क्रियाकलाप भए,’ ओलीले भने ।

सञ्चारगृहका गेट अगाडि पार्किङ गरिएको घटनाबारे बोल्दै सरकारबाटै त्यस्ता काम भएकाे आराेप लगाए ।

ओलीले आफ्नो पार्टीलाई अझै धेरै एक्ल्याउने प्रयास भइरहेको बताउदै एमाले अरू कसैको लहरोमा मात्रै अघि बढ्ने पार्टी नभएको दाबी गरे ।

आफूहरूले धक्का खाएको भए पनि सिद्दिएकै अवस्था भने नभएको ओलीको भनाइ छ ।

‘हामीले धक्का खाएका छौं । धक्का खाएको हो, सिद्दिएको होइन । हामी नवीकृत भएर अघि बढ्नेछौं भन्ने कुराको संकेत यो हो,’ ओलीले भनेका छन्, ‘हामीलाई एक्लाउने प्रयासहरू अझै बढी निरन्तर अघि बढिरहेकै छन् । एक्ल्याउने प्रयास अघि बढिरहेका छन् ।’

आँधी, हुरी, तुफान, बाढी लगायत धेरैसँग सामना गर्दै आएको पार्टी एमाले भएको बताउँदै उनले कसैलाई नसमाति अघि बढ्नै नसक्ने भने नहुने जिकिर गरे ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ