- असार ०६, २०८०
काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्का बेला सरकार सामाजिक सञ्जालमा अल्झिएको टिप्पणी गरेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङदेम्बेले सरकार संवेदनशिल बन्न नसकेको बताए। जलविद्युत् आयोजनाका सुरुङमा कामदार र मजदूर अड्किएको उल्लेख गर्दै सरकारले समयमै खोज तथा उद्धार नगरेको आराेप लगाए ।
सरकारले समयमै बाढी प्रभावित नागरिकसम्म पुग्न नसकेको उनको भनाइ थियो। ‘सरकारमा सामाजिक सञ्जालमा अल्झियो, जोखिममा परेका समुदायमा समयमा पुगेन,’ आङदेम्बेले भने, ‘सरकारमा परिणाम दिन र प्राण जोगाउनुभन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा भन्दा फेसबुकमा धेरै भयो, हल्लामा लाग्यो।’
टिप्पणीहरू: