- असार ०६, २०८०
काठमाडाैं । नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले यो सरकारले किसानलाई रोपाइँको बेलामासमेत रासायनिक मल दिन नसकेको बताएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सामाजिक सञ्जालमा लेख्दै यतिखेर रोपाइँ सकिँदासमेत मधेस लगायत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा किसानहरू ठूलो समस्यामा परेको उल्लेख गरेका छन्।
‘सरकारले समयमा नै रासायनिक मलको पर्याप्त आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन सकेको छैन। यसका साथै, उपलब्ध रहेको मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको छ,’ प्रचण्डले भनेका छन्, ‘हाम्रो सन्दर्भमा मल आयातको प्रक्रिया जटील रहेकोले यसका लागि समयमा नै पूर्व तयारी आवश्यक हुन्छ।’
उनले आफ्नो नेतृत्वको तत्कालिन सरकारले मल आयात तथा वितरणको यही गाम्भीर्यता बुझेर समयमा नै मल आपूर्ति र वितरण गर्नुका साथै अर्को आर्थिक वर्षका लागि बजेट समेत सुनिश्चित गरेको दावी गरेका छन्।
टिप्पणीहरू: