आइतबार, ३१ साउन २०८३

देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न गर्ने निर्णयसहित भेला सम्पन्न


काठमाडाैं ।  नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुने निर्णय गर्दै सकिएकाे छ । विषेश महाधिवेशनमा सहभागी नभएकाहरुकाे तीन दिन अघि काठमाडाैमा भेला सुरु भएकाे थियाे ।

साउन २९ गते उद्घाटन भएको बेला विभिन्न ५ प्रस्ताव पारित गर्दै तथा ५ निर्णयसहित आज सम्पन्न भएको हो।

भेलाको उद्घाटन र समापन सत्रमा निवर्तमान सभापति शेरबहादुर देउवा सहभागी भएका थिए।

भेलाले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औं महाधिवेशन सम्पन्न गर्ने उल्लेख छ । साथै शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुने उल्लेख छ । 

१५ औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कृयाकलाप देउवाकाे निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै पनि निर्णयमा उल्लेख छ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ