आइतबार, ०२ कात्तिक २०८२

सार्वजनिक विदाको दिन नयाँ पासपोर्ट बनाएका थिए देउवा दम्पत्तिले


फाइल तस्बिर

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा र आरजु राणाले सार्वजनिक विदाको दिन नयाँ पासपोर्ट बनाएको खुलेको छ ।

संविधान दिवसको दिन असोज ३ गते नयाँ पासपोर्ट बनाएका देउवा दम्पत्तिले थाइल्याण्डको भिसा पनि लगाइसकेका छन् ।

सुशीला कार्की नेतृत्वको सरकारले देउवा, राणा, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतको पासपोर्ट रोक्का गर्ने तयारी गरेपछि देउवा दम्पत्तिले सार्वजनिक विदाको दिन पासपोर्ट बनाएको रहस्य खुलेको हो ।

जेनजी आन्दोलनका क्रममा घाइते भएपछि उपचारका क्रममा रहेका देउवा दम्पत्ति आफैं कार्यालय पुगे वा कुनै कर्मचारीको सहयोगमा बसेकै ठाउँमा पासपोर्ट बनाए अनुसन्धान जारी रहेको स्रोतको भनाई छ । ‘जसरी बनाएको भए पनि अनाधिकृत काम गर्नेलाई कार्वाही हुन्छ ।’ स्रोतले भन्यो ।

नेपाली कांग्रेसमा युवा पुस्ताका नेताले नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज उठिरहेका बेला देउवा पक्षिय नेताहरुले भने अहिले नेतृत्व हस्तान्तरणका बारेमा कुरा गर्न नहुने प्रतिक्रिया दिइरहेका छन् । २४ गतेदेखि सेनाको संरक्षणमा रहेका देउवा दम्पत्ति अहिलेसम्म सार्वजनिक भएका छैनन् । तर, आरजु राणाले कांग्रेस नेताहरुलाई फोन गरेर नेतृत्व परिवर्तनबारे अहिले कुरा नगर्न भनिरहेको कांग्रेस नेताहरुले बताउदै आएका छन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ