- असार ०७, २०८०
काठमाडौँ, २ असाेज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत काठमाडौँले बुधबार प्रसाईसहित अन्य दुई जना लाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । साइबर ब्यूरोले प्रसाईलाइ पक्राउ गर्न अनुमति माग गरेको थियो ।
ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बागलुङको बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो ।
टिप्पणीहरू: