सोमबार, ०८ पुस २०८१

दुर्गा प्रसाईंको बयान लिँदै प्रहरी


काठमाण्डाैं, ७ असाेज ।  आइतबार  पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रहरीले  बयान लिन सुरु गरेकाे छ। नेपाल प्रहरीको साइबर  ब्युरोका एक प्रहरी अधिकारीका अनुसार,    स्वास्थ्य अवस्थामा समस्या आएपछि आइतबार राति  प्रसाईलाइ अस्पताल भर्ना गरिएको थियो। 

चिकित्सकले  स्वास्थ्यमा थप समस्या भएको बताएपछि भर्ना गरिएको थियाे । अहिले अस्पतालबाट बयानका लागि प्रसाइलाइ प्रहरीले ब्युराे लगेकाे छ । अब त्यही बयान लिने भएकाे छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतका पीडित महिलाले प्रसाईंविरुद्ध ब्युरोमा जाहेरी दिएपछि साेही जाहेरीकाे आधारमा प्रसाई पक्राउ परेका थिए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ