- असार ०६, २०८०
काठमाडौं, ५ मंसिर । सहकारी संस्थाहरूको बचत रकम हिनामिना प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई कास्कीबाट रुपन्देही पु¥याएर फेरि कास्की फर्काइ सकिएको छ । अब उनलाई काठमाडौँ ल्याउने तयारी छ ।
काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेको हिरासत बसाइ झन् झन् लम्बिँदै जाँदा नेता कार्यकर्ताहरूमा चिन्ता बढेको छ । रवि हिरासतमा पुगेपछि रास्वपाले यही मंसिर १६ गते देशभरका ४२ वटा पालिकाहरूमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनका क्रममा सबै स्थानमा उम्मेदवारी दिन पनि सकेन । पार्टीको नेतृत्व हिरासतमा थुनिएपछि रास्वपाले कीर्तिपुर नगरपालिकाको मेयर तथा वडा नम्बर ४ र १ नम्बर वडाध्यक्षसहित १६ स्थानीय तहमा उम्मेदवारी नै दिन सकेन । रविकै लोकप्रियताको जगमा उदाएको यो दलले २०७९ को निर्वाचनमा काठमाडौं उपत्यकामा आधा दर्जन संघीय सांसदलाई जिताउन सफल भएको थियो । स्थापनाको ६ महिनामै देशभर २१ संघीय सांसद र तनहुँको उपनिर्वाचनमा १ सहित २१ सिट जितेको रास्वपा रविको संकटसँगै जटिलतातर्फ मोडिएको छ ।
नागरिकता र राहदानी विवादको संकटबाट करिब पार पाएका रवि उनी प्रबन्धन निर्देशक रहेको गोर्खा मिडिया नेट्ववर्कमा पाँचवटा सहकारीको करोडौं रकम अवैध रुपमा भित्रिएको पाइएपछि झन् अप्ठेरोमा परेका छन् । रविको मूल मुद्दा भने सहकारी ठगी हो । तर उनीविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा सरकारले अनुसन्धान अघि बढाएको छ । त्यहीकारण एक महिनादेखि हिरासतमा रहेका रवि अबको अझै दुई महिना त्यहीँ रहने सम्भावना देखिएको छ ।
पूर्वगृहमन्त्री लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानले मंगलबार एक लाइभ भिडियोमार्फत् यस प्रकरणमा सरकारले प्रतिशोध साँधेको रास्वपाको पुरानै धारणा दोहो¥याए । यसका साथै उनले रविसँग हिरासतमा भएको भेटबारे पनि ब्याख्या गरेका छन् । रविले आफूलाई सरकारले कानुनी छिद्रमा खेलेर जतिसक्दो लामो समयसम्म हिरासतमा राख्न खोजेको निष्कर्ष सुनाएको न्यौपानेले बताएका छन् । ‘मेरो हिरासतको बसाइ लम्ब्याइन्छ भन्ने लाग्छ । सरकारले कानुनका छिद्रमा खेलेर तीन महिनासम्म हिरासतमे राख्ने योजना बनाएको आभाष भएको छ’, रविको भनाइबारे न्यौपानेले सुनाए, ‘मविरुद्ध राजनीतिक प्रतिशोध भएको कुरामा कुनै शंका रहेन । हामीले सहकारी प्रकरणमा सरकारले राजनीतिक प्रतिशोध साँधेको छ भन्दै आएका थियौँ, यो अब झन् पुष्टि हुँदै गएको छ ।’
रविले गलत मुद्दामा, गलत कानुनमार्फत् आफूलाई फसाउन खोजेको तर्क पनि हिरासतबाट गरेको न्यौपानेले बताएका छन् । ‘गलत मुद्दामा, गलत कानुनमार्फत् जसरी मलाई फसाउन खोजिएको छ, यो एकदमै गलत छ । यो कुरा अरु मानिसका लागिसमेत सरकारद्वारा फसाउने नजिर बन्न सक्छ । भोलि गलत नजिर बस्यो भनै मैले जसरी नै अरु मान्छेले पनि हिरासतमा बस्नुपर्छ ।’ सहकारी प्रकरणमा पक्राउ गरिएको भए पनि आफूलाई कानुनी छिद्रमा खेलेर तीन महिनासम्म थुन्नेतर्फ सरकार अघि बढेको निचोडमा रवि पुगेका छन् । ‘रविजीलाई कानुनी छिद्रका आधारमा तीन महिनासम्म थुन्न खोजिएको छ । पछिल्लो पटक थपेको १३ दिने म्याद मंसिर ८ गते सकिन्छ’, न्यौपानेले भने, ‘यस्तोमा ९ गते मात्रै म्याद सकिएपछि उहाँलाई अदालत लगिँदैछ । अदालतमा थप अनुसन्धानका लागि काठमाडौं पठाउनुपर्छ भनेर म्याद थप्ने कोसिस हुनेछ । तर अदालतले उहाँलाई बाहिरै राखेर अनुसन्धान गर्ने बाटो खोलिदिनुपर्ने जरुरी छ ।’ आफूहरूले सुरुदेखि नै अनुसन्धानलाई सघाउने बचन दिएको पनि उनले बताए ।
टिप्पणीहरू: