सोमबार, ०८ पुस २०८१

४३ दिनपछि रवि लामिछाने काठमाण्डाैंमा


काठमाडाैं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ दिनपछि काठमाण्डाै आइपुगेका छन् । सहकारी ठगी अभियाेगमा गत २ कार्तिकमा पक्राउ परेका लामिछानेलाई प्रहरीले विहीबार काठमाण्डाै ल्याएकाे हाे ।

 स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धान गर्न लामिछानेलाई काठमाडौँ ल्याइएको छ। सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई स्वर्णलक्ष्मी सहकारीमा बयान गराउन काठमाडौँ ल्याइएको हो। 

रविलाई काठमाडौँ ल्याएपछि विमानस्थल आसपास सडकमा रास्वपाका कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरेका छन्। उनी पक्राउ परेदेखि नै रास्वपाले विरोध गरिरहेको छ। 

रविविरुद्ध ५ वटा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा अनुसन्धान भइरहेको छ। पहिलो चरणमा प्रतिवादी नबनाए पनि पुरक जाहेरीपछि सबै ठाउँमा अनुसन्धान भइरहेको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ