- असार ०७, २०८०
काठमाडौं । रुपन्देही र दाङमा १३ र १४ वर्षिया बालिकामाथि जर्बजस्ती करणी भएको छ ।
रुपन्देहीमा जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा रहेका छन् ।
प्रहरीका अनुसार अजय र गोविन्दले ती बालिकालाई गत मंगलबार राती जबरजस्ती करणी गरेको उजरी परेको थियो । सोही उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले उनीहरूलाई दुई दिनपछि पक्राउ गरेको हो ।
त्यस्तै दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला बस्ने २२ वर्षीय चन्द्र प्रसाद नाथलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
१४ वर्षीया ती बालिकालाई चन्द्रप्रसादले सोही गाउँपालिका–४ स्थित बगब्डवामा पर्ने रानीवनको जंगलमा लगेर जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो चन्द्रप्रसालाई पक्राउ गरेको हो ।
टिप्पणीहरू: