बुधबार, ०२ माघ २०८१

दक्षिण कोरियाका राष्ट्रपति पक्राउ


एजेन्सी । दक्षिण कोरियामा महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक–योललाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउपछि राष्ट्रपतिले भिडियो सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान अवैधानिक भएको बताएका छन् ।

युन सुक–योलले गत वर्ष डिसेम्बर ३ मा मार्सल ल लगाउने घोषणा गरेका थिए तर विरोधको सामना गरेपछि उनले केही घण्टापछि फिर्ता लिएका थिए ।

स्थानीय सञ्चारमाध्यमले राष्ट्रपतिको घरबाट सवारी साधनको लावालस्कर निस्किएको जानकारी दिएका छन् ।

दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले भने कि अन्वेषकहरूले बिहान ७ः२३ मा ‘युन विरुद्ध पक्राउ वारेन्ट’ जारी गरे ।

भिडियो सन्देश जारी 

एक भिडियो विज्ञप्तिमा, पक्राउ परेका राष्ट्रपति यून सुक–योलले आफू भ्रष्टाचार अनुसन्धान कार्यालयमा उपस्थित हुन सहमत भएको बताएका छन् ।

उनले आफ्नो सन्देशमा भनेका छन्, ‘अवैध अनुसन्धान भए पनि मैले सीआईओ समक्ष उपस्थित हुने निर्णय गरेको छु । रक्तपात नहोस् भनेर यो निर्णय लिएको हुँ ।’

उनले भने, ‘यद्यपि यसको मतलब यो होइन कि म यो अनुसन्धानलाई सही मान्छु ।’ 

‘न त अनुसन्धान एजेन्सी र न त गिरफ्तारी वारेन्ट जारी गर्ने अदालतहरूलाई त्यसो गर्ने अधिकार छ,’ युनले तीन मिनेटको छोटो भिडियो सन्देशमा भने ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ