शुक्रबार, २९ चैत २०८१

दुई दिनसम्म शुक्रराज शास्त्रीको शव रुखको हाँगामा झुण्ड्याइएकाे थियाे


काठमाडौं । वि. सं. १९५० सालमा बनासर शुक्रराज शास्त्रीको जन्म भएको थियोे । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरु गरेका शास्त्रीले इलाहवादकै आर्य समाज बिद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गरेका थिए ।

त्यस क्रममा उनले पटना, दार्जिलिङ्, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषीविच नागरिक अधिकारका बिषयमा संगठन गर्न थालिसकेका थिए । त्यसपछि नेपाल फर्किएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गरेका थिए । यस समितिको सदस्यमा गंगालाल श्रेष्ठ पनि थिए । 


धार्मिक गतिबिधिबाट जहानियाँ शासनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मंसिर १३ गते इन्द्रचोकमा मानिसहरुलाई भेला गराएर गीताका श्लोकमार्फत व्यवस्थाको आलोचना गरेका थिए । राणाको बिरोध गरेको यही आरोप लगाएर उनलाई पक्राउ गरिएको थियो ।

१९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । ४ जनालाई प्राणदण्ड दिइयो । 

जेल सजाय भोगिरहेकै बेला राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो । प्राणदण्ड दिएको अरु जनताले पनि देखुन् र शासन व्यवस्थाका विरुद्धमा बोल्ने आँट नगरुन् भनेर २ दिनसम्म शास्त्रीको शव रुखको हाँगामा झुण्ड्याइएकै अवस्थामा राखिएको थियो । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ