मङ्गलबार, २४ चैत २०८२

झापामा ट्याक्टर दुर्घटना हुँदा किशोरको मृत्यु


सांकेतिक तस्बिर

झापा। अर्जुनधारामा आज भएको ट्याक्टर दुर्घटनामा परी एक जना किशोरको मृत्यु भएको छ।

अर्जुनधारा नगरपालिका–७, बिरिङ खोलामा ट्याक्टर दुर्घटनामा परेर सोही स्थानका १६ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

बालुवा बोकेको प्र १–०१–००१ त ९०१० नम्बरको ट्याक्टरको ढालामा उनी बसेका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ