बुधबार, १७ वैशाख २०८२

२९ औं दिनमा शिक्षक-सरकार सहमति नजिक


काठमाडाै‌ं ।  आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता सकिएको छ।

शिक्षक आन्दाेलन सुरु भएकाे २९ औं दिनमा सहमति नजिक पुगेकाे हाे ।

बुधबार दिउसाेदेखि सुरु भएको वार्ता साँझ सकिएको हो।

शिक्षकसँगको वार्ता लगत्तै वार्तामा सहभागी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखक मन्त्रिपरिषद् बैठकमा गएका छन्।

आन्दाेलित शिक्षकककाे माग पुरा गर्ने सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले असहयाेग गरेपछि तत्कालिन शिक्षामन्त्री विद्या भट्टराइले राजीनामा दिएकी थिइन् ।

 शिक्षकका मागबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक अहिले बस्दैछ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ