- असार ०७, २०८०
काठमाडौं । सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता भइरहेकाे छ।
साेमबार बिहान गृहमन्त्री रमेश लेखकको पहलमा सरकार र यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता भएकाे हाे।
सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।
उनीहरूले सोमबारदेखि देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्दकाे घोषणा गरेका छन्। व्यवसायीहरूकाे आन्दोलन कारण सार्वजनिक यातायात नचल्दा यात्रु मार्कामा परेका छन्।
टिप्पणीहरू: