- असार ०६, २०८०
सिन्धुली । सुशीला घिसिङ बम्जनको हत्यापछि स्थानीयले घर ताेडफाेड गरेका छन् ।
सासु र नन्दबाट पेट्रोल छर्केर आगो लगाई हत्या गरिएकी शुशिलाको घरमा स्थानीयले ताेडफाेड गर्दा सबै सिसाहरु फुटेका छन् ।
अभियुक्तका आफन्तहरुले घरभित्रको सबै सामानहरु ओसार पसार गर्न थालेपछि स्थानीय आक्राेशित भएका थिए । त्यसाे त पीडकले प्रमाण मेटन लागेकाे आराेप पनि स्थानीयले लगाएका छन् ।
शवको पोष्टमार्टम गरेपछि प्रहरीले घरको ताल्चा खोल्न दिएको, सामानहरु ओसारपसार गरेको भन्दै उनीहरु आक्रोशित बनेर नारावाजी समेत गरे । मृतकका देवर र हत्यामा संलग्न सासु मायाँरानीका २ बहिनी र बहिनीका २ छोरीहरुले सामानहरु लिन आएपछि स्थानीयले उनीहरुलाई घर भित्रै थुनेर तोडफोडमा उत्रिएका थिए ।
कोरियामा बैदेशिक रोजगारीमा रहेका मृतकका श्रीमानलाई घरमा आउन नदिएको र घरबाट शव नबुझी सबै भाग्न लागेको र भगाउनमा प्रहरीको मिलेमतो रहेको स्थानीयकाे आरोप छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले प्रमाणहरु सबै संकलन भएपछि ताल्चा खोलेको बताए । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी र जनपथ प्रहरी ठूलो संख्यामा खटाइएकाे छ ।
टिप्पणीहरू: