- असार ०७, २०८०
फाइल फाेटाे
काठमाडौँ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशकाे कैफियत प्रतिवेदन माग गरेकाे छ ।
आइतबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत तुलसीपुर, बुटवल इजलाससँग कैफियत प्रतिवेदन माग गरेको हो ।
यही चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगी गरेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकाे थियाे ।
अदालतकाे आदेशसँगै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेत नेतृत्वको टोलीले लामिछानेलाई २२ गते राति नै नियन्त्रणमा लिएको थियाे । उनलाई २३ गते बुटवल पुर्याइएको थियो भने २५ गते कारागार चलान भएका थिए ।
लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने बुटवल इजलासकाे आदेश बदर गर्न माग गर्दै शुक्रबार लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाकी सहप्रवक्ता प्रतीभा रावल र कानुन व्यवसायी नारायण कँडेल सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ढुङ्गानाको इजलासले कैफियत प्रतिवेदन माग गरेको हो।
टिप्पणीहरू: