- असार ०६, २०८०
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार प्रसाईंको पक्षमा रिट जारी गरेको हो ।
निर्वाचन आयोगको पत्रबमोजिम प्रहरीले प्रसाईंलाई फागुन ४ गते पक्राउ गरेको थियो।
उनीमाथि आयोगको काममा प्रभावित पार्नेगरी अफवाह सिर्जना गरेको आरोप लागेकाे छ ।
आयोगका पदाधिकारीले पैसा खाएर गगन थापालाई कांग्रेसको आधिकारिकता दिएको दावी प्रसाईले गरेका थिए । साेही भनाईविरुद्ध अदालतमा उजुरी परेकाे थियाे ।
टिप्पणीहरू: