शुक्रबार, ०५ मंसिर २०८२

मधेसका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चकाे आदेश


फाइल तस्बिर

काठमाडौं। सर्वोच्च अदालतले मधेस प्रदेशका ५ सांसदलाई पदमुक्त नगर्न आदेश दिएकाे छ।

साेमबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मधेसका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न आदेश जारी गरेकाे हो।

मधेसका सभामुख रामचन्द्र मण्डलले लगातार १० वटा प्रदेशसभा बैठकमा अनुपस्थित रहेका भन्दै ५ सांसदलाई कात्तिक २७ गते पदमुक्त गरेका थिए।

जनता समाजवादी पार्टीका मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार, शारदा शङ्करप्रसाद कलवार र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह पदमुक्त भएका थिए। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ