शुक्रबार, १९ मंसिर २०८२

ओलीलाई समर्थन गर्दै शेरबहादुर तामाङले गरे उपमहासचिवमा दाबी


काठमाडौं । नेकपा एमालेको ११ औ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा नेताहरूले विभिन्न पदमा आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् । 

पार्टी स्थायी कमिटी सदस्य सिन्धुपाल्चोकका नेता शेरबहादुर तामाङले उपमहासचिव पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गर्दै उपमहासचिव पदमा आफ्ना सशक्त दाबी रहेको उनले बताए । 

तामाङले लेखेका छन् ‘एमालेको ११ औँ महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबेदारी रहन्छ, हजुरहरूको सहयोग तथा सुझावको हार्दिक अपिल गर्दछु, हाम्रो सोलिडारिटी सधैँ रहने छ ।’

एमालेको ११ औ महाधिवेशन मंसिर २७ बाट २९ गतेसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ