बिहिबार, १९ चैत २०८२

गृहमन्त्री नियुक्त भएपछि पहिलोपटक पशुपति पुगेर सुधनले गरे पूजाअर्चना


काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन्।

आज बिहान पशुपतिनाथ मन्दिर पुगेर विधिपूर्वक पूजाअर्चना गर्नुका साथै मन्दिर क्षेत्रको समग्र अवलोकन गरेका हुन्।

उनी गृहमन्त्री नियुक्त भएपछि पहिलोपटक पशुपतिनाथ दर्शनका लागि पुगेका हुन्। हनुमान जयन्तीको अवसर पारेर उनी पशुपतिनाथ मन्दिर पुगेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ।

मन्दिर दर्शनपछि गृहमन्त्री गुरुङले देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गरेका थिए। उनले मन्दिर क्षेत्रको सरसफाइ, व्यवस्थापन तथा तीर्थयात्रीको सुविधाका विषयमा सम्बन्धित निकायसँग जानकारी लिँदै आवश्यक सुधारका लागि निर्देशनसमेत दिएका छन्।

यस क्रममा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले मन्दिर क्षेत्रको वर्तमान अवस्था, व्यवस्थापनका चुनौती तथा भइरहेका विकास निर्माणका कामबारे जानकारी गराएका थिए। गृहमन्त्री गुरुङले धार्मिकस्थलको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ