- असार ०७, २०८०
काठमाडाैँ। हामी नेपालका संयोजक सुदन गुरुङले जेनजीलाई फुटाउने प्रयास नगर्न चेतावनी दिएका छन्।
सुदनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो चेतावनी दिएका हुन्।
‘हामी राजनीतिक दलहरूलाई खबरदारी गराउन चाहन्छौं कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन’, उनले भनेका छन्, ‘अब जनता जागिसकेका छन्, हामीलाई फुटाउन कुनै प्रयास नगरियोस्।’
गुरुङले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने भन्दै जेनजीको नाम प्रयोग गरेर आपराधिक गतिविधि भड्काउन खोजिएको दाबी गरे। उनले त्यस्तो कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्ने बताएका छन्।
‘हाम्रो आन्दोलन सधैं शान्तिपूर्ण नै थियो र रहनेछ, त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौं’, उनले लेखेका छन्।
टिप्पणीहरू: