- असार ०६, २०८०
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा पुन: सुधन गुरुङलाई नियुक्त गर्ने भएका छन् । आजै शपथ गर्ने तयारी हुँदैछ । शपथका लागि तयारी बस्नका लागि प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा तयारी बस्नका लागि भनिएको छ ।
गुरुङको सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते उनले राजीनामा दिएका थिए । त्यसपछि उनको सम्पत्तिबारे अध्ययन गर्न समिति बनाइएको थियो । समितिले उनको सम्पत्तिमा कैफियत नदेखिएको भन्दै प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री शाहले पुन: गृहमन्त्रीमा फिर्ता गर्न लागेका हुन् ।
आजको मन्त्रिपरिषद बैठकले सुधनमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।
बैठकपछि पत्रकारहरुले सरकारका प्रवक्ता सस्मित पोखरेललाई सुधनलाई गृहमन्त्री बनाउन लागिएको हो भनेर प्रश्न गरेका थिए । सो प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘बल्ल प्रतिवेदन ग्रहण भयो । अब त्यसलाई अध्ययन गरेपछि आवश्यक निर्णय हुन्छ । फाइल ग्रहण गरेर, अध्ययन गरेपछि मात्रै शपथ ग्रहण हुनेहोला नि, पछि गर्नुपर्यो भने । अहिलेलाई फाइल ग्रहण गर्ने मात्रै निर्णय भएको छ । मन्त्रिपरिषदमा त्यस्तो निर्णय भएको छैन ।’
टिप्पणीहरू: