आइतबार, ३१ जेठ २०८३

४० हजार घुस लिएकाे अभियाेगमा सुब्बा पक्राउ


मनाङ । भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायबसुब्बा ज्ञानराज कँडेललाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । 

जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा पोखराबाट खटिएको आयोगको टोलीले आज कँडेललाई नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा आइतबार जारी प्रेस विज्ञप्तिअनुसार नायबसुब्बा कँडेललाई सेवाग्राहीबाट रु ४० हजार घुस लिएको अवस्थामा पक्राउ गरिएको हो । सो क्रममा घुस रकमसहित स्रोत नखुलेको रु २१ हजार ७० समेत बरामद भएको उनले जानकारी दिए । 

नियन्त्रणमा लिइएका कँडेलमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता न्यौपानेले बताए। अख्तियारले सार्वजनिक सेवामा हुने भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागि उजुरीका आधारमा निगरानी तथा कारबाहीलाई निरन्तरता दिँदै आएको जनाएको छ । घटनाबारे थप अनुसन्धानपछि कानुनी प्रक्रिया अगाडि बढाइने आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ