- असार ०६, २०८०
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १०.३० अंकले बढेर २,६४८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ४५ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी हिमालयन पावर पार्टनरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ५.९८ प्रतिशतका दरले गुमाएका छन् ।
टिप्पणीहरू: