सोमबार, १२ साउन २०८२

शेयर बजारमा करेक्सन, काराेबार पनि घट्याे


काठमाडाैं ।  साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से २.०७ अंकले घटेर २९६२.१३ बिन्दूमा अडिएको छ। आइतबार नेप्से साढे १८ अंकले घटेको थियो।

आज कुल ४ करोड ४१ लाख २४ हजार ९ सय २४ कित्ता सेयर १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँमा किनबेच भएको छ।

कारोबारमा भएका कम्पनीमध्ये ९४ वटाको सेयर मूल्य बढेको छ भने १५६ वटाको घटेको छ। 

आज सेन्सेटिभ इण्डेक्स ०.७८ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले घटेको छ।

आज कारोबार रकम पनि घटेको छ। हिजो साढे २६ अर्बको सेयर खरिदबिक्री भएकोमा आज ३२१ कम्पनीको १ लाख ७० हजार ७२६ पटकको कारोबारमा १९ अर्ब ३६ करोड ८ लाखको कारोबार भएको हो । 

आज समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सान्भी इनर्जीको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ भने ट्रेड टावरको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। 

विन्ध्यबासिनी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ८.४९ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। 

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। 


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ