- असार ०६, २०८०
काठमाडौं । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार २९ अंकले बढेपछि २,७६० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १५८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ११ अर्ब ४१ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा एनआइसी एशिया बैंक र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, हिमालयन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.५३ प्रतिशतका दरले गुमाएका छन् ।
टिप्पणीहरू: