- असार ०६, २०८०
काठमाडौं । आफूनिकटका नेतालाई व्यवस्थापन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनमार्फत पदाधिकारी थप्ने तयारी गरेपछि एमाले नेताहरुले असन्तुष्टि जनाएका छन् ।
भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गरेर एमालेले पदाधिकारीको संख्या १५ बनाउने निर्णय गरेको थियो। तर, अहिले इश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने भएपछि आकंक्षीहरुलाई व्यवस्थापन गर्न ओलीले फेरि विधान संशाेधन गर्ने योजना बनाएका छन्।
सोही विधान अधिवेसनले ७० वर्षे प्रावधान पनि हटाएको थियो। विधान संशाेधनप्रति असन्तुष्ट उपाध्यक्ष सुरेन्द्र पाण्डे भन्छन् ‘विधान संशाेधन नै गर्ने हो भने अध्यक्षमा दुई कार्यकाल राखौं अनि छलफल गरौंला।’
इतर समूहको भनाईअनुसार तीन महिनाअघि मात्रै अध्यक्ष ओलीले आफ्नो अनुकूलताका लागि विधान संशोधन गरेर पदाधिकारीको संख्या घटाएका थिए। महाधिवेशन आफूले चाहे जस्तै हुन्छ भन्ने मनसायले पदाधिकारी घटाएका ओलीलाई अहिले आफूनिकटलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ।
टिप्पणीहरू: