मङ्गलबार, ३० वैशाख २०८२

भारत र पाकिस्तानमा बस्ने नेपालीहरूको सुरक्षाकाे व्यवस्थापन गर्न सरकारलाई सभामुखकाे निर्देशन


काठमाडौँ। सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा बस्ने नेपालीहरूको सुरक्षाकाे आवश्यक व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले भारत र पाकिस्तानबीचकाे तनावलाई दृष्टिगत गर्दै त्यहाँ बस्ने नेपालीहरूको सुरक्षालगायत पर्नसक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीहरूको सुरक्षालगायत पर्नसक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न/गराउन नेपाल सरकारको म ध्यानाकर्षण गराउँछु,’ उनले भने ।

आजको बैठकको सांसदहरूले पनि भारत र पाकिस्ताबीचको तनावका कारण नेपाल र नेपालीलाई पर्नसक्ने प्रभावबारे सजकता अपनाउन तथा पाकिस्तानमा अध्ययनरत विद्यार्थीको उद्धार गर्न सरकारसँग माग गरेका थिए ।



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ