बुधबार, ०१ असोज २०८२

समाजसेवी अधिकारीले प्रहरीलाई दिए कम्युटर, प्रिन्टर सेट


काठमाडाैं । जेनजी आन्दाेलनका क्रममा भएका विध्वसात्मक गतिविधीले मुलुकमा धेरै भाैतिक पुर्वाधारमा क्षति पुर्यायाे।

जेनजीकाे माग अनुरुप नयाँ सरकार गठनका साथै निर्वाचनकाे मिति घाेषणापछि भने भत्किएका संरचना निर्माणका लागि स्थानीयवासी सक्रिय हुन थालेका छन् । 

आन्दाेलनका क्रममा जलेकाे धर्मस्थली र स्वयम्भु प्रहरी कार्यालयका लागि समाजसेवी  शालिकराम अधिकारीले कम्युटर प्रिन्टरलगायत आवश्यक सामग्री प्रदान गरेका छन् । प्रहरी समुदायकै एउटा अंग भएकाे भन्दै आफुले सहयाेग गरेकाे धारणा राख्ने अधिकारीले याे संकटकाे बेला आफुले मानवताकाे नाताले सहयाेग गरेकाे बताए ।

हरेक कार्यालयमा अहिले कम्युटर अनिवार्य आवश्यकता बनेकाे छ भने यी सामग्रीले काम काज सहज हुने प्रहरीकाे भनाई छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ