मङ्गलबार, ११ कात्तिक २०८२

माछापुच्छ्रे आधार शिविर माथि हिमपात


फाइल तस्बिर

गण्डकी। कास्कीको अन्नपूर्ण आधार शिविर जाने पदमार्गअन्तर्गत माछापुच्छ्रे आधार शिविर माथि अन्नपूर्ण आधार शिविर क्षेत्रमा हिमपात भएको छ।

अन्नपूर्ण आधार शिविर क्षेत्रमा सोमबार बेलुकादेखि हिमपात भएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष जगनरास गुरुङले जानकारी दिए।

तिहारलगत्तै यस क्षेत्रमा पदयात्रा लागि आउने पर्यटकको सङ्ख्या उत्साहजनक रुपमा बढेको जानकारी दिँदै उनले विदेशीभन्दा स्वदेशी पर्यटकको आकर्षण बढिरहेको बताए।

हिउँ सामान्य परेका कारण पदयात्रामा आएका पर्यटकलाई कुनै अहसजता भने नभएको उनको भनाइ छ। तिहारलगत्तै अन्नपूर्ण क्षेत्रमा पदयात्राको क्रम बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख रविन कडरियाले जानकारी दिए।

कास्कीतर्फको अन्नपूर्ण आधार शिविरमा सोमबार पुगेका पर्यटक तल झरिसकेको उनले जानकारी दिए।

‘कास्कीको अन्नपूर्ण आधार शिविरदेखि माछापुच्छ्रे आधार शिविरसम्म हिउँ परेको छ’, उनले भने, ‘त्यहाँभन्दा तल्लो क्षेत्रमा पानी परेको छ, पदयात्रामा जाने पर्यटकलाई सजगता अपनाउन आग्रह गरेका छौँ।’

तिहारयता अन्नपूर्ण आधार शिविरमा आउने पर्यटकमध्ये ८० प्रतिशत आन्तरिक र २० प्रतिशत विदेशी रहेको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले जानकारी दिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ